‘छक्का पञ्जा ३’को बिहिवारको सम्पूर्ण कलेक्सन हल मजदुरलाई

फिल्म छक्का पञ्जा ३ निर्माण टिमले तिहारको अवसर पारेर बिहिवार गोवर्धन पुजाको दिन हुने फिल्मको सम्पूर्ण कलेक्सन हलका मजदुरहरुलाई प्रदान गर्ने घोषणा गरेका छन् ।

जुन जुन हलमा फिल्म प्रदर्शन भइरहेको छ ति हलहरुमा भएको फिल्मको सम्पूर्ण कलेक्सन सोही हलका मजदुरहरुलाई प्रदान गरिनेछ । निर्माता तथा अभिनेता दीपक राज गिरीले आफ्नो फेसबुकमा स्टाटस पोस्ट गर्दै उक्त कुराको जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘छक्का पन्जा ३ चलचित्रको भोलि (बिहिवार) हुने सम्पूर्ण आम्दानि सम्बन्धित हलका मजदूरहरूलाई प्रदान गर्ने घोषणा गर्दछौ।।।!!!’ । असोज २४ गते घतस्थापनाको दिनबाट प्रदर्शनमा आएको यो फिल्म प्रदर्शनको पाँचौ हप्तामा प्रवेश गरेको छ र देश भर सफलताका साथ प्रदर्शन भइरहेको छ ।