कलाकारहरुको भाई टिका (फोटो फिचर)

तिहारको अन्तिम दिन आज भाई टिका । देशभर भाई टिका हर्सोल्लासका साथ मनाईएको छ । नेपाली फिल्म क्षेत्रमा सकृय कलाकारहरुको भाई टिका कस्तो रहयो त ?

महा नायक राजेश हमाल, युवा स्टार अनमोल केसि, ए मेरो हजुर २ फेम नायक सलिन मान बनियाले आफ्ना दिदी बहिनी सँग टिका लगाए । निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले रङ्गपत्रकार प्रकाश सुवेदीलाई भाई टिका लगाइदिएकी छिन् । त्यस्तै नायिकाहरु रीचा शर्मा, नीता ढुंगाना, बर्षा राउत, बर्षा सिवाकोटी लगायतले आफ्ना दाजु तथा भाईहरुलाई भाई टिका लगाइदिएका छन् ।

त्यस्तै अभिनेता सलोन बस्नेत, नाजिर हुसेन लगायतले दिदीहरुको हातबाट टिका ग्रहण गरेका छन् भने अभिनेताअ अनुप बिक्रम शाहीले बहिनीसँग टिका लगाए । सामाजिक अभियान्ता धुर्मुसले बहिनीको हातबाट टिका ग्रहण गरेका छन्  भने संचारकर्मी / निर्देशक दिनेश डिसिले गायिका कुन्ती मोक्तान सँग भाई टिका लगाए ।

हाँस्य कलाकार द्वय जितु नेपाल र केदार घिमिरे माग्ने बुढाले आ-आफ्न दिदी बहिनीसँग टिका ग्रहण गरे भने अभिनेत्री श्वेता खड्का, अनु शाह लगायतले आफ्नो भाईलाई भाई टिका लगाइदिए । परदेशमा रहेका गायक प्रकाश पौडेलले परदेशमै बहिनीसंग टिका लगाए ।

तस्विर र भिडियोमा हेर्नुहोस कलाकारको भाई टिका :