अभिनेत्री परमिता आर एल राणाको ब्रेकअप

अभिनेत्री परमिता आर एल राणाको ब्रेकअप भएको छ । अभिनेता आयुष्मान देशराज जोशीसँगको प्रेम सम्बन्ध टुटे पछी हिसी लोसांग प्रेममा रहेकी उनको ब्रेकअप भएको हो ।
केही हप्ता अगाडी मात्र अभिनेत्री परमिता आर एल राणाले इन्गेजमेन्ट गरिन् भन्ने अपुष्ट समाचारहरु प्रकासित भएका थिए । परमिताको जन्मदिनमा उनका प्रेमी हिसीले औठी लगाइदिएको कारण उनीहरुले इन्गेजमेन्ट गरेको हल्ला चलेको थियो । तर त्यो कुरालाई नकार्दै परमिताले जन्मदिनको गिफ्ट मात्र रहेको बताएकी थिइन् ।
इन्गेजमेन्टको हल्ला सेलाउन नपाउँदै उनको ब्रेकअपको खबर बाहिरिएको छ । परमिताले आफ्नो इन्स्टाग्राममा स्टाटस लेख्दै यो कुराको पुष्टी गरेकी हुन् । उनले लेखेकी छिन्-‘यो सबैका लागि हिसी तिमीलाई धन्यवाद छ । तिमीले मलाई पीडा सिकाएका छौ । म अहिले पहिलेको भन्दा झनै शक्तिशाली भएकी छु । म प्रेममा अन्धो भएकी रहेछु । तर, मैले अहिले बल्ल वुझे कि म यो भन्दा पनि निकै राम्रो कुरा प्राप्त गर्न योग्य छु । यो सबै पीडाका लागि तिमीलाई धन्यवाद ।’

‘दुई कदम’ले लभस्टोरी र सामाजिक परिवेशको कथा भन्छः उदय सुब्बा(निर्देशक)

‘हात्तीछाप’मा मिरुना मगरको इन्ट्री, के फिल्म चलाउनलाई नै हो त ?

‘नाङ्गो गाउँ’ निर्देशकको ‘दुःखी आत्मा’मा दयाहाङ फाइनल

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया