‘जात्रै जात्रा’मा दयाहाङ पनि

अभिनेत्री वर्षा राउत र अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘जात्रै जात्रा’को हल टिजर सार्वजनिक भएको छ । केही दिन अगाडि देखी बजाइएको फिल्मको हल टिजरमा अभिनेता दयाहाङ राईलाई पनि प्रस्तुत गरिएको छ । यस अघी फिल्मको औपचारिक घोषणा हुँदा फिल्ममा दयाहाङ पनि रहेको खुलाइएको थिएन ।

निर्देशक प्रदीप भट्टराईले फिल्मको औपचारिक घोषणा कार्यक्रममा, ‘यसपटक दर्शकले झनै विशेष सरप्राइज पाउनुहुनेछ’ भनेका थिए । एक सरप्राइज दयाहाङ रहेको खुलेको छ । दयाहाङको उपस्थितीले फिल्मको हाइप बढाएको त छ नै तर, दयाहाङको एक पछी अर्को फिल्म असफल हुँदै गएको अवस्थामा निर्देशक भट्टराईलाई चुनौती पनि थपिएको छ ।

निर्देशक भट्टराई कै लेखन रहेको जात्रै जात्रामा विपिन, बर्षा र दयाहाङको साथमा रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, प्रियंका झा र कविन्द्र त्रिपाठीको अभिनय रहेको छ । फिल्ममा निर्माताको रुपमा सिंगे लामा र यादव पौडेल रहेका छन् भने कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ रहेका छन् । फिल्म फागुन १७ गते देखी प्रदर्शनमा आउनेछ ।