स्वेतालाई पैसा देखाउने रहर कति होला ?

अभिनेत्री स्वेता खड्काले दशैंमा टिका लगाएपछि दक्षिणा शो गरिन् । फेसबुमा उनले आफूले टिका लगाएर कति दक्षिणा पाएको छु भनेर देखाइन् । स्वेताले दक्षिणाको तस्बिर फेसबुकमा हालेपछि अनलाइनहरुमा गसिप बने ।

स्वेता खड्का अहिले फिल्म बनाउने तयारीमा छैनन् । यसैले उनलाई गसिपमा आएरै भए पनि संचारमाध्यममा नजरमा पर्नु छ ।

स्वेताले तिहारमा पनि आफ्ना भाइहरुलाई टिका लगाइदिइन् । स्वेताले टिका लगाएपछि आफूले कति दक्षिणा पाएको छु भनेर फेरि पनि शो गरेकी छिन् । उनी मुस्कुराउँदै हजार हजारको नोट देखाइरहेकी छिन् । दशैं जस्तै स्वेतालाई दक्षिणा देखाउने रहर तिहारमा पनि पलाएको छ ।

स्वेता खड्का आफैमा सम्पन्न अभिनेत्री हुन् । जसले व्यापार व्यवसाय धानिरहेकी छिन् । तर, दशैं र तिहारमा पाउने दक्षिणा देखाउन उनलाई किन मन लागेको होला ? कि स्वेता खड्कामा अझै पनि त्यो बालापन गएको छैन । बच्चामा पैसा जम्मा गरेपछि दंग पर्दै एकले अर्कोलाई सुनाउने चलन थियो । सायद, स्वेता पनि बच्चा बन्न खोज्दैछिन् कि ?