सौगात भएपछि श्रृष्टीलाई अरु के चाहियो ?

अभिनेता सौगात मल्ल र अभिनेत्री श्रृष्टी श्रेष्ठलाई एक अर्काको प्रेमले सबै कुरा भूलाइदिएको छ । सौगातको प्रेममा परेपछि श्रृष्टी पनि सबै कुरा विर्सिएर प्रेमको दौडमा दौडिरहेकी छन् ।

श्रृष्टी र सौगातले अहिले प्रेमलाई खुल्ला किताब बनाएका छन् । हलमा फिल्म हेर्न जानेदेखि विमानस्थलमा भेट्नेसम्मको काम गर्दा पनि यी दुबैले प्रेमको कुरा स्विकार गरेका थिएनन् ।

तर, श्रृष्टी र सौगातलाई अब भने प्रेम गरेपछि किन डराउनु भन्ने भएको छ । यसैले उनीहरु प्रेमलाई खुल्लम खुल्ला व्यक्त गर्न थालेका छन् ।

श्रृष्टीले इन्स्टाग्राममा राखेको एक तस्बिरमा सौगातले सेल्फी खिचेका छन् । श्रृष्टी सौगातको अंगालोमा बाधिएकी छन् । श्रृष्टीका लागि यो तस्बिरको बयान गर्नका लागि एउटै चिन्ह काफी छ, लभको साइन ।

लगातार फिल्म नचल्दा दुबै जना आक्रान्त त भएका छन् । तर, पनि अहिले यी दुबै एउटा फिल्म मासु भातमा काम गर्दैछन् । तर, पनि यी दुइलाई एक अर्का भएपछि केही पनि चाहिएको छैन ।