मह जोडीलाई ‘जनआन्दोलन स्वर्ण पदक’

वरिष्ठ हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मान गरिएको छ । नेता गणेशमान सिंहको १ सय ४ औं जन्मजयन्तीको अवसर पारेर नेपालको लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण योगदान दिएका ‘मह’ जोडीलाई उपराष्ट्रपति नन्द बहादुर पुनको हातबाट जनआन्दोलन स्वर्ण पदक प्रदान गरिएयो ।

२०४६ सालको जनआन्दोलन सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको थियो। राणा शासनको अन्त्य, प्रजातन्त्र स्थापना र पुनर्स्थापनामा महत्वपूर्ण योगदान दिएका उनको २०५४ साल असोज २ गते निधन भएको थियो । स्वर्गीय सिंहले नेपालको राजनीतिक क्षेत्रमा पुर्याएका योगदानको स्मरण गर्दै हरेक वर्ष उनको जन्मजयन्ती र स्मृति दिवसमा विभिन्न कार्यक्रम गर्ने गरिन्छ ।