हात रित्तो भएपछि आँचलको बोली एउटा, काम अर्को

अभिनेत्री आँचल शर्माले ब्ल्याक फिल्मको प्रमोशन गर्दा हुलमुल र समुहको फिल्ममा काम गरेर फाइदा नहुने बताएकी थिइन् । समुहको फिल्ममा काम गर्दा काम देखाउन नपाइने भन्दै उनले सोलो हिरोइन भए मात्र फिल्म गर्ने बताएकी थिइन् ।

आँचलको यो बोलीले फिल्मी वृत्तमा तरंग ल्याएपछि उनले बोली फेर्दै २–४ वटा फिल्म सोलो गर्न चाहेको तर समुहको फिल्ममा काम गर्ने प्रतिक्रिया दिएकी थिइन् ।

यसो भन्दा पनि आँचललाई फिल्मको अफर आएको थिएन । यही भएर आँचलले जुन फिल्ममा काम गरेर पछुताएकी थिइन्, सोही ब्यानरको अर्को फिल्ममा काम गर्ने निर्णय गरिन् ।

शत्रु गते गरेर पछुताएकी आँचल अन्तत मह संचार र किरण केसीको दाल भात तरकारीमा नै खेल्न तयार भइन् । अभिनेत्री स्वस्तिमा खड्काले यो फिल्म नगर्ने भएपछि आँचल हानिएर काम गर्न राजी भइन् ।

हात रित्तो भएपछि लामो समयसम्म बोलेको कुरा पुर्याउन सकिदैन भन्ने आँचलले वुझिन् । मंसिर १ गतेबाट सुरु हुन लागेको फिल्मको छायांकनका लागि स्वस्तिमाले छाडेपछि समस्यामा परेका किरण केसीले पनि आँचललाई लिन आनाकानी गरेनन् । अब यो फिल्म रिलिज भएपछि पनि आँचलले समुहको फिल्म खेलेर गल्ती गरे भनिन् भने उनलाई के भन्ने खै ?