महेश पौडेलको ‘सागर सम्म लम्क’

महेश पौडेलको रचनामा गीत ‘सागर सम्म लम्क’ सार्वजनिक भएको छ । गीतमा सुरेश लामाको स्वर तथा दिनेश पौडेलको संगीत रहेको छ । संगीत संयोजन भने देवेन्द्र नेवाको रहेको छ ।

अनिल खतिवडा निर्देशित भिडियो प्रेम सापकोटाको निर्माणमा तयार भएको हो । राजाराम गिरी तथा ठाकुर अधिकारीको छायांकन रहेको भिडियो दिपेन्द्र भट्टले सम्पादन गरेका हुन् । भिडियोमा बिक्रम सापकोटा ,भुवन जंग काफ्ले, निरज दाहाल, रोजिना बानिया, गणेश प्रसाद जोशी, रमा अधिकारी, अनिल खतिवडा, लक्ष्मी श्रेष्ठ, ठाकुर अधिकारी, महेश पौडेल लगायतको अभिनय रहेको छ ।