अलिसा राई फिचर्ड ‘कान्छी’

राजमान तामांगको आवाजमा गीत ‘कान्छी’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत जितेन लेप्चाको रहेको छ भने संगीत संयोजन उदय राज पौडेलले गरेका हुन्  ।

युवराज वाइवाको निर्देशन रहेको म्युजिक भिडियोमा अलिशा राई र सरोज मोक्तानफिचर्ड छन् । उत्सव दाहालको छायांकन रहेको भिडियो सम्पादन निशान घिमिरेले गरेका हुन्  ।