सलोनसँग अलग हुँदा बलियो भइन् करिश्मा ?

नेपाली फिल्मका हिरोइनहरु प्रेममा पर्ने, अलग भएपछि पीडा दिएको भन्दै अभिव्यक्ति दिने क्रम बढेको छ । प्रेम कतिबेला हुन्छ र टुट्छ पत्तो त हुँदैन । तर, पनि प्रेममा अन्धो हुँदा कलाकारहरुले करिअर नै डामाडोल पनि बनाएका छन् ।

अभिनेत्री परमिता आर एल राणाले प्रेममा अलग भएपछि हिसी लोसांगलाई पीडा दिएकोमा धन्यवाद नै भनिन् । हिसीको प्रेममा आफू अन्धो भएको पनि उनले लेखेकी थिइन् ।

अभिनेत्री करिश्मा श्रेष्ठ पनि अभिनेता सलोन बस्नेतको प्रेममा अन्धो भइन् । सलोनको प्रेमले उनलाई फिल्मको दौडमा दौडन दिएन । बरु, जे कुरामा पनि सलोन मात्र जोडिए । करिश्माले पनि उनलाई गहिरो प्रेम गरिन् । तर, अहिले उनी पीडा व्यक्त गर्दैछिन् ।

करिश्माले आफूलाई पीडा दिनेहरुलाई धन्यवाद दिन भ्याएकी छिन् । उनले पीडा दिनेहरुका कारणले नै आफू बलियो भएको समेत भनेकी छिन् ।

उनले नाम त उल्लेख गरेकी छैनन् । तर, सलोनसँगको प्रेमबाट टुट्दा जति पीडा करिश्मालाई अरु कुन बेला भयो होला र ? यही भएर पनि उनले सलोनलाई आफू शक्तिशाली भएको सन्देश दिन खोजेकी त होइनन् ।