निराजन प्रधान अभिनित ‘हत्केलाको’ भिडियो

निराजन प्रधान अभिनित गीत ‘हत्केलाको’ को भिडियो सार्वजनिक भएको छ । गीतमा मेलिना राई र अशोल प्यासी राईको आवाज रहेको छ । किराँत टि लिम्बुको शब्द रचना रहेको गीतमा तारा प्रकाश लिम्बुको संगीत रहेको छ भने संगीत संयोजन साहस शाक्यले गरेका हुन् ।

सुलेमान शंकर निर्देशित म्युजिक भिडियोमा निराजनका साथ मिया सुब्बा र क्रीपा पुन फिचर्ड छन् । ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोमा कोरियोग्राफी राजीव शर्माको रहेको छ ।