वरुण धवन विवाह गर्दै !

चर्चा चल्ने गर्छ, बलिउड एक्टर वरुण धावन आफ्नी स्कुल फ्रेन्ड नताशा दलालको डेट गरिरहेका छन् । तर अब भने वरुण आफैले नताशासंगको सम्बन्ध बारे मुख खोलेका छन् । केहि दिन अघि उनले भारतीय टेलिभिजन शो ‘कफी विथ करण’ मार्फत उनले नताशासंगको सम्बन्ध स्वीकार गरेका हुन् ।

आफ्नी प्रेमिकाको बारे वरुणले बताए ‘म नताशासंग डेट गरिरहेको छु । हामी कपल हौँ । म हाम्रो विवाहको बारेमा समेत सोच्न थालेको छु ।’ वरुणको यस जवाफमा प्रोग्राम होस्ट करणले रमाइलो गर्दै बताए,”जुन दिन तिम्रो बिवाह हुन्छ त्यो दिन मेरो लागि इमोसनल क्षण हुनेछ । मलाई लाग्नेछ मैले मेरो आफ्नो छोरा गुमाउदै छु । म त्यो समय फिल्म ‘कभी खुसि कभी गम’ को गीत ‘मेरी सासो में तु समाया’ गाउनेछु । म र डेविड हातमा आरतीको प्लेट लिएर तिमीहरुको स्वागत गर्नेछौ ।”

वरुण र नताशा कहिले लन्चमा त कहिले डिनरमा साथसाथ देखिने गर्छन । सोनाम कपुर र आनन्द आहुजाको विवाहमा पनि यी दुई एक साथ पुगेका थिए । केहि समय अघि वरुणले नताशालाई विदेशमा घुमाउन समेत लागेका थिए । यी दुइ सामाजिक संजालमा एक अर्काको तस्विर समेत सेयर गरिरहन्छन् ।

हालसालै फिल ‘सुइ धागा’ मा आफ्नो रोलका कारण फ्यानको दिल जितेका वरुण फिल्म हाल ‘कलंक’ को छायांकनमा ब्यस्त छन् ।