वीर बिक्रम २ आकाशले छोडे, पलको इन्ट्री

व्यस्तताको कारण देखाई अभिनेता आकाश श्रेष्ठले मिलन चाम्सको निर्देशन रहने फिल्म ‘वीर बिक्रम २’ बाट हात झिकेका छन् । उनले आफ्नो हजुर बुवा बिरामी भएको र उहाको उपचारमा समय दिनु पर्ने भन्दै फिल्म छोडेका हुन् ।

आकाशले फिल्म छोडेसंगै फिल्ममा पल शाहको इन्ट्री भएको छ । चाम्स इन्टरटेनमेन्टले प्रेस बिज्ञप्ति जारी गरि आकाशले फिल्म छोडेको र पलको इन्ट्री भएको जानकारी दिएको छ । आकाशले वीर बिक्रम २ छोड्न लागेको हल्ला फिल्म वृत्तमा केही दिन अगाडी देखी चलिरहेको थियो ।