‘दाल भात तरकारी’ शुभ मुहूर्त

सुदन केसीको निर्देशनमा मह सञ्चार र किरण केसीको निर्माणमा बन्न लागेको फिल्म दाल भात तरकारीको शुभ मुहूर्त गरिएको छ । काठमाडौँ कमलादी स्थित गणेश मन्दिरमा विशेष पुजा आजा गरी फिल्मको मुहूर्त गरिएको हो । मुहूर्त कार्यक्रममा फिल्मका निर्माण यूनिटसंगै कलाकार र प्राविधिकहरुको साथमा चलचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेल लगायतको उपस्थिती रहेको थियो ।

मुहूर्त कार्यक्रममा बोल्दै अधिकांश कलाकारले जीवन दाल भात तरकारी कै निम्ती गरिने संघर्षले व्यतित हुने हुँदा त्यसैलाई मुख्य विषय वस्तु बनाएर फिल्मको कथा बनेको बताए । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत, सन्दिप क्षेत्री, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर बंदेल, विल्सन विक्रम राई, सुरेन्द्र केसी, अनुरागमान सिंह कुँवर लगायतको अभिनय रहने छ ।

फिल्मका निर्मातामा रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंस्कार, शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुंग, अनुराग मानसिंह कुँवर, शिशिर बंदेल, विल्सनविक्रम राई, दिपेन्द्र खनियाँ र सुमित मैनाली रहेका छन् । शम्भुजित बास्कोटाको संगीत रहने फिल्मका गीतहरुमा हरिवंश आचार्यको शब्द रहनेछन् । फिल्ममा कोरियोग्राफी कविराज गहतराजले गर्दै छन् भने छायाँकन दिर्घ गुरुंगको हुनेछ । कथा, पटकथा तथा संवाद हरिवंशकै रहेको छ । ‘शत्रुगते’को सफलतापछि मह सञ्चार र किरण केसीले निर्माण गर्न लागेको यस फिल्म दाल भात तरकारी आगामी बर्ष ७६को बैशाख १३ गतेदेखि प्रदर्शनमा आउने छ ।