सिडनीमा देउसी भैलो

प्रबासी जिबनको यात्रामा पनि नेपालीहरूले आफ्ना चांडबाड र रितिरिबाजहरूलाई छाडेका छैनन् । जन्म भूमिलाई सम्झेर कर्मभूमिको माया र सम्झनालाई छाड्न नसकेर बिभिन्न कार्यक्रमहरूको आयोजना गरेर उनिहरूले प्रबासमा पनि मूलुक सम्झने कार्य गरिरहेका छन ।

यसै क्रममा दाह्री ग्याङ अष्ट्रेलियाले नेपालीहरूको पर्व तिहारको अवसरमा सिड्नीको रगडेलमा रहेको इन्द्रेणी फेसन सेन्टरमा अायोजना गरिएको देउसी/भैलो कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि एनअारएन अष्ट्रेलिया न्यु साउथवेल्सका उपाध्यक्ष नन्दा गुरूङ्ग तथा अतिथिका रूपमा एनअारएन अष्ट्रेलियाका सचिब देव तमु, नेपाल अष्ट्रेलिया अभिभावक संगठनका पूर्व अध्यक्ष नानीबाबु बर्तौला लगायत विभिन्न संघसंस्थाबाट प्रतिनिधित्व गर्दै अाउनुभएका महानुभावहरू र अष्ट्रेलियाका विभिन्न स्थानबाट अाउनुभएका नेपाली समुदायको उल्लेख्य उपस्थिति थियोे ।

कार्यक्रममा स्थानीय कलाकारहरू समीर आचार्य, संजिब पराजुली र सुजाता उपाध्यायले गीत प्रस्तुत गरेर कार्यक्रममा रौनकता थपेका थिए भने साथमा अन्य कलाकारहरूले कला संस्कृति र देउसी/भैलो संस्कृति झल्कने गीत, नृत्य अादिको बेजोड प्रस्तुति प्रस्तुत गरेका थिए । अध्यक्ष विनोद पौडेलको अध्यक्षतामा सञ्चालित कार्यक्रममा सचिव सरोज भण्डारीले स्वागत मन्तव्य राखेका थिए । अामन्त्रित सबैलाई दारी ग्याङको तर्फबाट नेपाली ढाका टोपी र ढाकाको खादाले स्वागत गरिएको थियो । कार्यक्रमलाइ सफल बनाउन सहयोग गर्नुहुने सहयोगी हातहरू, समन्वयकर्ताहरू र उपस्थित प्रमुख अतिथि, अतिथि र सम्पूर्ण महानुभावहरूलाई दाह्री ग्याङले विशेष धन्यवाद अाभार प्रकट गरेको छ भने संकलित देउसी/भैलो रकम दारी ग्याङ अष्ट्रेलियाको मानवीय सहयोग तथा कल्याणकारी कोषमा जम्मा गरिने ग्याङ रोशन भट्टराईले जानकारी दिए ।