‘सम्हालिन्छ कहिले मन’मा पूजालाई १५ लाख

नायिका पूजा शर्माले फिल्म ‘सम्हालिन्छ कहिले मन’  साइन गरेकी छिन् । ‘म यस्तो गीत गाउँछु’ र ‘रामकहानी’ निर्माण गरेकी उनले यस फिल्ममा भने अभिनय मात्रै गर्दै छिन् । सुदर्शन थापाकै निर्देशनमा बन्ने फिल्म ‘सम्हालिन्छ कहिले मनमा’ उनले १५ लाख पारिश्रमिक लिएकी हुन्।

‘प्रेम गीत’ पछि आफ्नै ब्यानरको फिल्ममा मात्रै काम गर्दै आएकी पूजाले ब्यानर भन्दा बाहिरको फिल्मबाट राम्रो पारिश्रमिक हात पारेकी छन् । उक्त फिल्ममा नवनायक सोनम तोप्देनको मुख्य भूमिकामा पक्का भैरहेका छन् भने अर्का नायकमा आर्यन सिग्देल या आकाश श्रेष्ठको चर्चा छ । फिल्म माघबाट फ्लोरमा जानेछ ।