प्रियंकाको विहेको फोटोलाई १८करोड

- मेराेफिल्म

भारतीय अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसले आफ्नो विवाहको तस्बिरका लागि १८ करोड रुपैयाँ लिने भएका छन् ।आफ्नो विवाहको तस्विर प्रकाशन गर्न १८ करोड रुपैयाँमा अन्तर्राष्ट्रिय म्यागजिनसँग सम्झौता हस्ताक्षर भएको छ ।

भारतीय समाचार संस्थान फिल्मफेयरका अनुसार प्रियंका र निकको विवाहको तस्बिर प्रकाशनका लागि एक अन्तर्राष्ट्रिय म्यागजिनसँग २५ लाख डलर अर्थात् १८ करोड भारतीय रुपैयाँमा सम्झौता हस्ताक्षर भएको हो । तस्विर प्रकाशन गर्ने म्यागजिनको नाम भने सार्वजनिक गरिएको छैन । उनीहरुको विवाह अर्को महिना राजस्थानको जोधपुरमा हुने तय भएको छ ।

२०७५ कार्तिक २७ गते १३:४० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *