प्रदर्शन अगावै आधा लगानी उठाउदै ‘प्रसाद’

नेपालमा रिलिज नहुदै बिदेशमा नेपाली फिल्मको माग बढ्न थालेको छ । मङ्सिर २१ बाट नेपालमा प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रसाद’ विभिन्न ५ देशमा बिक्रि भैसकेको छ भने केहि देशहरुमा समेत कुरा भैरहेको छ ।

प्रोमोसन बाहेक फिल्म निर्माणमा करिव एक करोड पच्चीस लाख लगानी रहेको फिल्म प्रसादले अस्ट्रेलिया, युके, फिनल्याण्ड, स्पेन र युएइमा बिक्रि गरि करिव ५० लाख प्राप्त गरिसकेको छ भने अमेरिका, कोरिया र जापानमा समेत कुरा भइरहेको हुदा विदेश बिक्रीबाट मात्रै करिव ७० देखि ७५ लाख प्राप्त हुने फिल्म निर्देशक दिनेश राउतले जानकारी दिए । विदेशबाट फिल्मको माग कसरी आउछ भन्ने बिषय मा उनले स्टारडम भन्दा पनि कन्टेन्टलाई हेरेर फिल्मको बारे कुरा आउने बताए  ।

फिल्ममा विपिन कार्की, निस्चल बस्नेत र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको छ ।  निःसन्तान दम्पत्तीको कथामा आधारित फिल्म ‘प्रसाद’को पटकथा फिल्म पत्रकार सुशील पौडेलले लेखेका हुन् । सुवास थापा इन्टरटेनमेन्टको ब्यानरमा बन्दै गरेको फिल्म ‘प्रसाद’मा राजेश श्रेष्ठको छायाङ्कन, सुवास भुसालको संगीत रहेको छ । फिल्मलाई निर्देशक दिनेश राउतले निर्देशन गरेका छन् भने एसोसियट डाइरेक्टरका रुपमा विकास सुवेदी रहेका छन ।