‘जात्रै जात्रा’को अस्ट्रेलिया यात्रा

फिल्म बनि नसक्दै ‘जात्रै जात्रा’ अष्ट्रेलियामा प्रर्दशन गर्नका लागि ३५ लाख रुपैँयामा सम्झौता भएको छ । फिल्मको टिजर सार्वजनिक भएसँगै विभिन्न देशमा प्रर्दशनका लागि सम्झौता हुन थालेको हो । होर होइन होला इभेन्ट र पप अप इन्टरटेन्मेन्टले अष्ट्रेलियामा प्रर्दशनका लागि सम्झौता गरिएको आयोजक मध्येका एक चिरन श्रेष्ठले जानकारी दिएका छन् । पहिलो फिल्मले दर्शकको मन जितेको र  ‘जात्रै जात्रा’  को टिजरले पनि सकारात्मक प्रतिक्रिया पाएकाले फिल्म प्रर्दशनका लागि ३५ लाख रुपैँया लगानी गरेको उनको भनाई छ ।

निर्माता तथा कलाकार रबिन्द्र सिंह बानियाँले अन्य देशहरुमा पनि प्रर्दशन सम्झौताका लागि कुरा भैरहेको बताएका छन् । यस्तै, ब्राण्डहरुसंगको सहकार्य र विदेश राईटको बिक्री आँकलन गर्दा हेर्दा फिल्मको छायाँकन नसकिँदै नाफामा जाने निर्देशक प्रदिप भट्टराईको दाबी छ । हाल अष्ट्रेलिया नेपाली फिल्मको लागि दोस्रो ठुलो प्रतिफल दिने देशमा गनिन्छ । निर्देशक भट्टराईको अघिल्लो फिल्म जात्राले अष्ट्रेलियामा राम्रो दर्शक पाएको थियो । षट्कोण आर्टस् प्रा लि को ब्यानर मा निर्मित जात्रै जात्रा यहि फागुन १७ गते देखि प्रदर्शनमा आउदैछ । फिल्ममा रबिन्द्र सिंह बानियाँसँगै यादव पौडेल र सिंगे लामाको लगानी छ ।