मलिनाको विन्दास विकिनी उडान

Mero Film

मलिना जोशी मिस नेपाल त हुन्, तर नेपाली फिल्ममा चलेकी हिरोइन होइनन् । मलिना जोशीलाई लिएर फिल्म बनाउने जति पनि निर्माता छन्, ती सबै डुबेका छन् । मलिनाले निर्माताको पैसा जोगाइदिन नसक्दा धेरै मुर्छित पनि परेका छन् ।

मलिना जोशी नेपाली फिल्ममा अभिनय गर्न गम्भिर बनेको पनि पाइदैन । अभिनेता अनुप विक्रम शाहीसँग प्रेममा रहँदा उनको रिलेसनसिपको खबर आइरहन्थ्यो, अहिले ब्रेकअप भएपछि त मलिना संचारमाध्यममा पनि टाढा छिन् ।

मलिना संचारमाध्यमबाट टाढा भैरहँदा उनको इन्स्टाग्राममा एउटा फोटो पोष्ट भएको छ । उक्त फोटोमा मलिना नेपाल बाहिर कुनै देशमा साथीहरुसँग रमाइरहेको देखिएको छ । मलिना जोशीले विकिनी लगाएकी छिन् । विकिनी लगाएर मलिनाको यस्तो घुमघाम पहिले कहि कतै देखिएको पनि होइन ।

मलिना जोशीले मिस वल्डमा भाग लिन जाँदा टू पिस लगाएकी थिइन् । त्यसपछि भने उनले फिल्ममा आफूलाई बोल्ड देखाइनन् । तर, अब भने मलिनालाई पनि मिस वल्र्डमा भाग लिदाको झल्को आएको हुनुपर्छ ।

व्यक्तिगत रमाइलो गर्न कलाकारलाई पनि कुनै रोकतोक छैन । मलिनाको यो विन्दास उडान फिल्ममा पनि सफल भएर भैदिए त कति राम्रो हुन्थ्यो होला ?


Leave a Reply

Your email address will not be published.