रोजिसालाई दुई वटा फिल्म नै पुगेको हो ?

ऋचा शर्मा मुख्य हिरोइन भएको ‘आधा लभ’ नाम गरेको फिल्मबाट भीजे रोजिशा शाहीले डेब्यू गरेकी थिइन्, नेपाली फिल्ममा । आधा लभले दर्शकको आधा पनि माया पाएन । ऋचा शर्मा त चलिनन्, रोजिशा शाहीलाई क्लिक हुन त्यती सजिलो कहाँ थियो र ?

रोजिशा शाहीले आधा लभका लागि पब्लिसिटीमा पनि हिडिनन् । किनकी, उनी र ऋचा बिचको टर्म बिग्रिएको थियो । तर, ग्याङस्टार ब्लुजबाट त उनलाई खुबै आशा थियो । यो फिल्ममा उनको अभिनय मात्र होइन, द्धन्द्धको लुक्स पनि दर्शकले हेर्न पाएका थिए ।

तर, रोजिशाको सोचमा त्यती बेला चिसो पानी खनियो, जतिबेला हेमराज बीसीले फिल्मको निर्देशनमा हावा खाइदिए । उनले यति झुर निर्देशन गरे कि, फिल्म हेर्न दर्शकले पुरा अवधी नै सकेनन् ।

अब, फिल्म नै नचलेपछि रोजिशा चल्ने कुरा पनि भएन । आशा गरेको यो फिल्म पनि नचलेपछि आधा लभकी डेब्यू हिरोइनलाई पुन समस्या पर्यो । त्यसपछि उनले फिल्ममा हाम फालिहाल्ने चेष्टा गरेकी छैनन् । बरु, फेसबुकतिर उनका हट हट फोटो देखिन्छन् । तर, पर्दामा बनेको हटले काम नगरेपछि उनी निराश बनेकी छिन् । अब, दुइ वटै फिल्मले रोजिसालाई पुगेको रहेछ भने त हामीले के भन्न सक्छौ र होइन ?