जान्वीका आधा प्रेमी को हुन् ?

अभिनेत्री जान्वी बोहरालाई दर्शकले खासै चिन्दैनन् । उनलाई चिन्ने आधार पनि के छ र ? खेलेको २-४ वटा फिल्मबाट उनी कुनै कोणबाट पनि नोटिस भइनन् । जान्वीलाई अहिले लिएर फिल्म बनाउन कुनै निर्माताले चाहन्नन् । किनकी, उनीमाथि जोखिम मोल्नुको अर्थ के ?

जान्वी बोहरा भने बेला बेला आफूले इन्स्टाग्राममा राखेको फोटोले तहल्का पिट्न खोज्छिन् । अहिले त उनले झनै बबाल नै गरेकी छिन् । जान्वीलाई एक केटाले अंकमाल गरेका छन् । सिसामा फोटो खिच्दै जान्वीले उनलाई आफ्नो आधा प्रेमी भनेर परिचित गराएकी छिन् ।

अब, ती यूवक को हुन् भनेर जान्वीले खुलाएकी छैनन् । तर, उनी प्रेममा रहेको प्रष्ट हुन्छ । जान्वीले उनीसँगको फोटोपछि अर्को एउटा भिडियो पनि राखेकी छिन्, जहाँ उनी टिक टकमा भिडियो बनाइरहेकी छिन् ।

जान्वी बोहरा प्रेममा रहनु कुनै ठूलो कुरा होइन । तर, कलाकार भैसकेपछि यस्तो सोसियल मिडियामा कस्ता भिडियो, कस्ता फोटो राख्ने भन्ने पनि ध्यान दिनुपर्छ ।

हुनत, जान्वी बोहरलाई यस्तै यस्तै कुरा गरेर हिट हुनु होला । जे जे गरेपछि जान्वीको आधा प्रेमी को होलान् ?

उनले पोस्ट गरेको फोटो यस्तो छ :