शृंखलाको मिस वर्ल्ड यात्रा, जित्ने सम्भावना प्रवल

मिस नेपाल शृंखला खतिवडा मिस वर्ल्डको प्रतिस्पर्धाका लागि अहिले चिनमा छिन् । अहिलेसम्म कुनै पनि मिस नेपालले अन्तर्राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिताको उपाधि जितेका छैनन् । तर शृंखला खतिवडा एक यस्ती प्रतिष्पर्धीको रुपमा खडा भएकी छन् जसको उपाधि जित्ने प्रबल सम्भावना रहेको छ ।

प्रत्येक प्रतियोगीले प्रतियोगितामा जानु अघि ठुला ठुला भाषणका साथ आफुले जितेर आउने बिचार ब्यक्त गर्थे । तर शृंखलाले रास्ट्रीय झन्डा बोकेर आत्मविश्वासका साथ ‘आई विल मेक अल अफ यु प्राउड’ भन्दै देश छोडिन् ।

शृंखला नेपालमै रहँदा उनी उत्कृष्ट प्रतियोगी भएको सौन्दर्य प्रतियोगितालाई नजिकबाट नियालिरहेका विभिन्न बिदेशी संस्थाहरुले समेत घोषणा गरिसकेका थिए । युनिभर्स गडेस भन्ने संस्थाले तयार पारेको सौन्दर्य प्रतियोगी रहेको तालिकाको ३ नम्बरमा शृंखलालाई समावेस गरेको छ ।

टिटि मिस वर्ल्ड संस्थाको सातौ नम्बरमा शृंखला छिन् भने मिसोलोजिले नेपाल छोड्नु अघि नै उनलाई सहभागी मध्येमा १७ औ नम्बरमा राखेको छ । यसकारण नेपाल छोड्नु अघि नै शृंखलालाई विश्वभरका सुन्दरीहरुले प्रतिस्पर्धीको रुपमा हेर्न थालिसकेका थिए ।

शृंखला खतिवडाको संयोजनमा चेपाङ बस्तिलाई सहयोग पुर्याउने एउटा प्रोजेक्टमा काम भैरहेको छ । ब्युटी विथ अ प्रपोज अन्तर्गत रहेर उनले यस कामको डकुमेन्ट्री निर्माण गरेकी हुन् । जसले उनलाई मिस वल्ड बन्नका लागि पक्कै सहयोग गर्नेछ ।

परिचयात्मक चरण अन्तर्गत ट्यालेन्ट राउण्ड अन्तर्गत उनले दोश्रो दिनमा प्रस्तुत गरेको अंग्रेजी कबिता ‘कलर्स’ले नेपालको समकालीन परिप्रेक्षमा भैरहेको घटना बलात्कारको बिषय समेटेको छ । जसमा प्रयोग भएका शब्द र उनको प्रस्तुतिले उनलाई सम्पूर्ण प्रतिष्पर्धीका साथ साथै विश्व स्तरमै चिनाउन सहयोग गरेको छ ।

मिस वर्ल्डको परिचयात्मक राउण्डमा रहेकी शृंखलालाई नेपालीको साथको जरुरत छ । उनलाई भोट, लाइक र सेयर गरेर हामीले आफ्नो तर्फबाट सहयोग गर्दै बिजेता बन्नमा साथ दिन सक्छौँ । भोट गर्नका लागि उनले एक छोटो म्यासेज समेत दिएकी छन् । उनलाई जिताउनका लागि मबस्टार एप डाउनलोड गर्ने, सर्च बक्समा गएर शृंखला सर्चगर्ने र निलो रंगको आइकनमा टिक गरेर फलो गर्ने त्यसपछी उनको प्रोफाइलमा भएको फोटो भिडियो लाइक, सेयर गर्ने ।

मिस नेपाल २०१८को प्रतिस्पर्धामा २४ जनालाई पछाडि पार्दै शृंखला खतिवडाले मिस नेपालको ताज पहिरिन सफल भएकी थिइन् । २२ बर्षीय शृंखलाले मिस नेपालको मुख्य उपाधिसँगै उत्कृष्ट कपाल र उत्कृष्ट फेसन विधामा पनि पुरस्कार हात पारेकी थिइन् । पहिलो आँशु नझार्ने मिस नेपालको रुपमा समेत शृंखला खतिवडा परिचित भएकी छन् । उनले खुशीको क्षणमा समेत आँशु नझारी मन्द मुस्कानसंगै आफ्नो सफलता आत्मविश्वासका साथ स्वीकार गरेकी थिइन् ।

फोटो : शृंखला खतिवडाको फेसबुकबाट

भोट गर्ने तरिकाको भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस :
https://www.facebook.com/297574443671301/videos/987618528090952/