‘कर्पोरेट क्वीन २०१८’ हुदैँ

‘कर्पोरेट क्वीन २०१८’ आयोजना हुने भएको छ । आयोजक एसएप इन्टरटेन्टमेन्ट र इभेन्ट म्यानेजर आइडिया पिक्सलले काठमाडौमा सोमबार सयुक्त पत्रकार सम्मेलन गर्दै उक्त कार्यक्रमको जानकारी दिएको हो ।
कार्यक्रमको अडिसन यहि नोभेम्बर १६ र १७ आगामी शुक्रबार र शनिबार काठमाडौ र नोभेम्बर १९ र २० मा पोखरामा हुने र आयोजकले जानकारी दिएका हुन् । काठमाडौको लागी अडिसन फरेन हाइट क्लब ठमेल र पोखराको लागी एसएप एजुकेशनको अफिस न्युरोडमा हुने छ ।
अडिसनपछि छनौटमा परेका करिब ३० जना सहभागीहरुलाई १ हप्ता सम्म बन्द प्रशिक्षणमा राखी कर्पोरेट कल्चल सहित मुख्य ४ विधा एथिक्स ,डिजाइनर, कर्पोरेट ,क्याजुवलमा प्रशिक्षण दिईने र यस किसिमको ग्रुमिंग ट्रेनिंङबाट प्रतियोगीहरुमा कर्पोरेट सोसल रेस्पोसीबिलिटीको धारणा अन्तर्गत सामाजिक रुपान्तरण गराउने हुदा अरु सौन्दर्य प्रतियोगिताहरु भन्दा फरक भएको आयोजकको दाबी छ । बन्द प्रशिक्षण पोखरा र काठमाडौमा गरि नोभेम्बर २३ देखि डिसेम्बर ७ सम्म हुनेछ ।
कार्यक्रमको ग्राण्ड फिनाले डिसेम्बर ८ मा रोयल पाल्म रिसोर्ट चाउथे पोखरामा हुनेछ । बिजेताले रु ७५ हजार फस्ट रनरअपले रु ५० हजार र सेकेण्ड रनरअपले रु २५ हजार पुरस्कार पाउने र बिजेताले अर्को साल अस्ट्रेलियामा हुने ”सिड्नी फेशननिष्टा १०१९” मा” सहभागी हुन पाउनेपनि आयोजक एसएप इन्टरटेन्टमेन्टका प्रमुख सन्तोष अधिकारीले जानकरी दिए ।

‘मिस यूनिभर्स’को अन्तिम २० मा रोकिदा पनि किन भयो दीपिकाको चर्चा ?
_AlcHiO19cg_yaqifunkc4b0yewv6hmi1pq7n8cb5u48hymdyswkyqut88tmw9trq1geoyr5_RKUmDbJ95N_bmdkc2d4t5bmkkqd7yt578rh9n93nvish6uzxuamgljif6pzlxysy481tdec.jpg)
मिसेस् नेपाल वर्ल्ड–२०२३ को टप २३ प्रतिस्पर्धी सार्वजनिक

मिसेस युनिभर्स २०२३ मा विमला

‘किड्स अफ द इयर इन्टरनेशनल २०२३’मा ४ विजेता छनौट

‘आइसी डिजाइनर रनवे १२’ फेसन शो हुँदै

'जुम ब्युटी'को नयाँ शाखा चक्रपथमा खुल्यो, सलोन, केकी, रिमा र अन्जुले गरे उद्घ…
_GzPqbPiJWR_7c5fg0xhnl4wrernfgkwkvljstchwtkz888eaznefrq3iulggppzngl74adw_6NNXtXJQkb_k4zcsejxice8d3zx1vxsj1zocqlwpsss4gwdwzyhvn62lnfgd5aqsiwyhk7d.jpg)
बबिराज फेस अफ द नेशन

प्रतिक्रिया