जिस्म सिक्वेलमा अर्चनाको ठाउँ लिदैं रेजिना

फिल्म ‘जिस्म’ को सिक्वेल निर्माण हुने भएको छ । फिल्मले नराम्रोसंग असफलता चाखेपनि राजु गिरीले सिक्वेल निर्माण गर्न लागेका छन् । पहिलो फिल्ममा अर्चना पनेरुलाई लिएर निर्माण गरेका गिरीले फिल्म ‘जिस्म’ को सिक्वेलमा भने नयाँ कलाकार रेजिना भण्डारीलाई लिएका छन् । अहिले फिल्मको छायांकन पोखरामा भइरहेको छ ।

निर्देशन सुचिन्द्र परियारले गरिरहेको फिल्ममा राजु गिरीको लगानी रहेको छ । फिल्मबाट रेजिनाका साथ रमेश बिश्वकर्माले डेब्यु गर्दैछन् । फिल्मको छायांकन सुरज कुँवरले गर्दै छन् । फिल्ममा अनिल राईको नृत्य, योगेश काजीको संगीत रहेको छ । फिल्म नयाँ वर्षमा ल्याउने निर्माण टिमको तयारी रहेको छ ।