बाइचुङ भूटियामाथि बायोपिक बन्दै

भारतीय फुटबाल टीमका पूर्व कप्तान बाइचुङ भूटियामाथि पनि बायोपिक बन्ने भएको छ । निर्देशक आनन्द कुमारले बायोपिकमाथि काम गरिरहेका छन् । फिल्मका लागि कलाकार र निर्देशक चयन गर्ने काम भैरहेको छ ।

पुर्व खेलाडी भुटिया भन्छन्, ‘’मेरो यात्रा देखाउनका लागि फिल्म नै सही माध्यम हो । म आफू सम्मानित महशुस गरिरहेको छु । किनकी, मेरो यात्रा ठूलो पर्दामा देखाउनका लागि योग्य सम्झियो । मलाई विश्वास छ कि आनन्दले मेरो कहानीलाई न्याय गर्नेछन् ।’ उनी फुटबलरबाट नेता बनिसकेका छन् । ‘म सिक्किमको एक छोटो सहरमा बस्ने व्यक्ति हुँ । तर, भारतका लागि फटुबल खेल्नु मेरो एकमात्र सपना थिएनँ । म सधैं एक व्यावसायिक फुटबल क्लब बनाउन चाहन्थेँ र यो मेरो सपना ‘यूनाइटेड सिक्किम’ बाट पूरा भयो ।’ उनले सयभन्दा बढी अन्तर्राष्ट्रिय म्याच खेलिसकेका छन् ।