‘अमिताभ बराबर पारिश्रमिक माग्न सक्दिन’ तपसी पन्नु

भारतीय अभिनेत्री तपसी पन्नुले  पारिश्रमिक निर्धारणमा लैगिकता प्रधान हुन नहुने बताएकी छन् । उनले पारिश्रमिकको आधार लिङ्ग नभई व्यक्तिको  क्षमता अनुसार हुनुपर्ने बताएकी हुन् ।

‘समान पारिश्रमिक अत्यन्त महत्वपूर्ण छ, म यसलाई समर्थन गर्छु । तर अहिले म जहाँ उभिएको छु, त्यहाँ बसेर मैले मेरो यो फिल्ममा रहेका पुरूष सहकर्मी जत्तिकै पारिश्रमिक देऊ भन्न सक्दिन’, तपसीले भनिन्। फिल्मी बजारले कलाकारको पारिश्रमिक निर्धारण गर्ने उनको भनाइ रहेको छ ।

त्यस्तै तपसीले अमिताभ बच्चन, अक्षयकुमार र वरूण धवनसँग काम गरें भन्दैमा अचानक आफूलाई पनि उनीहरू जत्तिकै पारिश्रमिक चाहियो भनेर भन्न नसक्ने बताइन् । ‘उनीहरू सरह पैसा चाहियो भन्न सक्दिन किनकी म उनीहरूले जत्ति दर्शक हलसम्म ल्याउन सक्दिन । जुन दिन मेरो नामले त्यो स्तरको दर्शक तान्ने चर्चा र शक्ति बटुळ्छ, मेरै नामका कारण फिल्म हेर्न दर्शक आउने तथा सुरूवाती व्यापार गर्ने अवस्था आउँछ त्यो दिन म बराबर पारिश्रमिकको माग गर्नेछु’, तप्सीको भनाइ छ ।