राहुल र प्रतिभाको ‘तिम्रै लागि’मा अनिल र अन्जु (भिडियो)

पछिल्लो समय म्युजिक भिडियोको लागि यहाँ देखी उहाँ लोकेसनका लागि धाउने गरिन्छ । तर मानिसको सोचले सानै र सिमित श्रोत र साधनको प्रयोगबाट पनि उत्कृष्ट परिणाम निकाल्न सक्छ भन्ने उदाहरण बनेको छ ‘तिम्रै लागि’ गीतको भिडियो ।

सुल्तान अफ स्ट्रिङ्गसको उपनामले चिनिएका गीतारिस्ट, संगीतकार तथा रचनाकार अनिल शाहीको शब्द संगीतमा राहुल विश्वास र प्रतिभा शाहको स्वर रहेको सार्वजनिक भिडियो शाहीले नै निर्देशन गरेका हुन् । भिडियोमा मोडलका रुपमा समेत प्रस्तुत भएका उनलाई अभिनयमा अन्जु चौलागाईले साथ दिएकी छिन् । मुकेश हुमागाईको छायाङ्कन रहेको भिडियो अमृत चापागाईले सम्पादन गरेका हून् ।