प्रदिपलाई फिल्मको लोभ, तर समय खै ?

कलाकारहरु लोभी हुन्छन् । काम गरेपनि नगरेपनि प्रोजेक्ट अड्काएर बसिदिन्छन् । अभिनेता प्रदिप खड्काको नेचर पनि यस्तै देखिदैछ । समय दिन सकेपनि, नसकेपनि उनले प्रोजेक्ट अड्काएर राखिदिएका छन् ।

उनलाई फिल्ममा काम गर्ने लोभ छ । आफूले लगानी गरेको ‘लभ स्टेशन’का लागि उनले समय दिइरहेका छन् । तर, पनि उनले साइन गरेर बसेका फिल्मको लामो लाइन भैसकेको छ । उनले निर्देशक हेमराज वीसीको फिल्ममा काम गर्ने फाइनल छ । बैशाखबाट फिल्मको छायांकन सुरु हुनेछ । सुवास गिरीले बनाउने भनिएको भैरवी फिल्म गर्छु भनेर पनि उनी भनिराखेका छन् ।

उनलाई प्रेमगीत ३ गर्ने लोभ पनि छ । तर, यो बर्ष उनले नै समय दिन नसकेर प्रेमगीत ३ को छायांकन सुरु हुन पाएन । यो कुरा प्रदिप आफैले बताएका छन् ।

प्रदिपले निर्जला फिल्म बनाएका निर्माता प्रकाश न्यौपानेलाई पनि फिल्म गर्ने बाचा गरेका छन् । उनले डाक्टर सिंह गुरुङको फिल्म गर्ने भनेर पारिश्रमिक ४० लाख माथि लिने गरी वाचा गरेका छन् । बाचा नै बाचा गरेका प्रदिपले यी सबै फिल्मलाई समय कहिले दिने हुन् ।

यति धेरै लोभ नगरी काम गर्न सक्ने फिल्मलाई मात्र बचन दिए हुन्न र प्रदिप जी ?