‘डा.डि.आर उपाध्याय प्रतिनाद सांगीतिक साझ २०७५’ हुदैं

आगामी मङ्सिर ९ गते आइतबार काठमाडौँको राष्टिय नाचघरमा गीतकार ‘डा.डि.आर उपाध्याय प्रतिनाद सांगीतिक साझ २०७५’ हुने भएको छ । आफ्नो संगीत यात्राको दौरानमा तयार भएका गीतहरु समेटेर कार्यक्रमको संयोजन गरिएको हो ।
कार्यक्रममा संगीतकार राजु सिंहको संयोजनमा नेपालका लोकप्रिय बाध्यबाधकहरुको प्रस्तुति रहने छ । साथै उक्त कार्यक्रममा राष्ट्रकबि माधव प्रसाद घिमिरेलाई ५१ हजार नगद सहित अभिनन्दन पनि गरिने भएको छ । अभिनन्दनको साथमा डि.आरका सात सांगीतिक कृति र एउटा उपन्यास विमोचित हुनेछन् । एउटा सर्जकको एकैपटक यति धेरै कृति विमोचन एकल गायनको साथ हुनलागेको सम्भबत यो पहिलो पटक नै हो । एल्बमहरुमा बुलु मुकरुङ, सन्तोष श्रेष्ठ र सगर अधिकारी ‘शरद’ को संगीत रहेको छ भने चर्चित गायक गायिकाहरुको स्वर समेटिएको छ ।
ग्ल्यामर प्लस प्रोडक्सन एण्ड मिडिया हाउस प्रा .लि तथा डि आर म्युजिक एण्ड ट्रेडिङको आयोजनामा हुन लागेको कार्यक्रमलाइ यसोदा फूड ले प्रायोजन गर्ने भएको छ ।

आरिफ रफको ‘आउँछौ कि भनेर’ सार्वजनिक

प्रमोद खरेलको स्वरमा ‘अर्कैको सिन्दुर लायौ’

हायात ग्राउन्डमा गुञ्जिदै अरिजीत सिंह, १८ हजार टिकट बिक्री

गीतकार सरला श्रेष्ठका गीतहरू समावेश ‘शारदा’ को विशेषांक लोकार्पण

केतनको ‘आयो तिहार’

‘मलाई छेक्यो तिम्रै मायाले’ सार्वजनिक

प्रतिक्रिया