हात्ती, परमिताको साथी

प्रेमी हिसी लोसांगसँग ब्रेकअप भएपछि अभिनेत्री परमिता आर एल राणाले केही दिन विरक्तिइन् । परमिताको कुराले पनि उनले हिसीलाई मनदेखि माया गरेकी थिइन् भन्ने थाहा हुन्छ । परमिताले  हिसीलाई प्रेममा पीडा दिएकोमा धन्यवाद समेत भनिन् । परमिता हिसीको प्रेममा डुबेकी थिइन् ।

हिसीलाई जीवनभर साथ दिने साथी बनाउने चाहना पालेकी परमिताले उनीसँग दिल टुटेपछि आफूलाई पीडा भएको भाव पोखिन् । तर, प्रेममा पाएको विछोडलाई सधै संझिएर बस्ने कुरा पनि भएन ।

परमिता प्रेमलाई भुलाउनका लागि चितवन पुगिन् । सौराहा उनले हात्तीसँग केही दिन बिताइन् । परमिताले हात्तीसँग बिताएका रमाइला पलहरु जीवनकै लागि अविश्मरणिय भएको उल्लेख गरिन् ।

६५ बर्षको हात्तीको बारेमा त उनले दिल खोलेरै प्रशंसा गरिन् । हात्तीसँग हिडिन्, हात्तीसँगै रमाइन् र खेलिन् । परमिताले हात्तीलाई साथी बनाएर प्रेममा पाएको पीडा भुलाउने कोशिश गरेकी थिइन् ।

जीवनभर साथ दिन्छु भन्ने प्रेमी उनका लागि साथी बन्न सकेनन् । तर, परमिताका लागि हात्ती मिल्ने साथी नै भएको देखियो । परमिताले हिसीलाई विर्सदै हात्ती मेरो साथी भनिन् र रमाइन् ।