सलोनले आमेषलाई बोक्ने कि ?

अभिनेता सलोन बस्नेतको करिअर ठिकठाक नै चलिरहेको छ । सोलो अभिनय गरेको फिल्म नचलेपनि उनलाई घाटा लागेको छैन । उनले त बरु स्टार कलाकारलाई नै छायाँमा पारिदिन्छन् भनेर बहस गरिन्छ ।

सलोन बस्नेतको करिअर ठिकठाक चलिरहँदा उनका साथी आमेष भण्डारीको करिअर भने राम्रो छैन । सलोन र आमेष नजिक छन् । उनीहरुले मिलेर गीत पनि निकाले ।

एकसाथ काम गरेपनि यी दुइलाई फिल्ममा भने मेलामा मात्र काम गर्ने मौका मिलेको छ । मेला फिल्ममा एकसाथ काम गरेका यी दुइलाई फेरि लिएर काम गर्ने सोच निर्माताहरुको पनि छैन ।

आमेषको करिअर अघि बढाउन सलोनले साथ दिन आवश्यक छ । सलोनलाई आमेषले पिठ्यूमा बोकेको एउटा तस्बिर उनीहरुले नै इन्स्टाग्राममा राखेका छन् ।

यो तस्बिरमा उनीहरुको मित्रता झल्किएको छ । तर, अब आमेषलाई सलोनले बोक्न आवश्यक छ । किनकी, आमेषलाई फिल्ममा टिकाइराख्ने हो भने ए दोस्ती हम नही तोडेङ्गे भन्ने हो भने सलोनले आमेषलाई बोक्नुपर्छ ।

किनकी, दुबैजना सफल भइएन भने मित्रता टिकाइराख्न पनि गाह्रो नै हुन्छ । के सलोनले आमेषलाई फिल्मको यात्रामा सँगै बोकेर अघि बढ्लान् त ?