ममताको हिरो सलोन कि सौगात?

फिल्म ‘घनचक्कर’को ‘हिरो’ गीत सार्वजनिक भएको छ । गीतमा राजेश पायल राई र देव कोइमीको स्वर रहेको छ । देव कोइमी र विपिन आर्चायको शब्द, संगीत रहेको गीतमा विक्रम कार्की, विपिन आचार्य र विकाश सुनुवारको संगीत संयोजन रहेको छ । गीतमा सौगात मल्ल, सलोन बस्नेत र ममता प्रधान फिचर्ड छन् ।

पुस १३ बाट प्रदर्शनमा आऔने फिल्म ‘घनचक्कर’ मा जितेन्द्र राजोपाध्यायले निर्देशन गरे३क छन् । फिल्मको मुख्य भूमिकामा सौगात मल्ल र सलोन बस्नेत रहेका छन् । फिल्ममा जेबी डिसी, आशान्त शर्मा, ममता प्रधान, शिशिर भण्डारी, दामोदर पौडेल, जनक घर्ति मगर, प्रवन भुसाललगायतका कलाकारहरुको समेत अभिनय रहेको छ । भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको छायांकन सुसन प्रजापतिले गरेका हुन् ।