प्रदर्शनको चौथो हप्तामा ‘चङ्गा चेट’

फिल्म ‘चङ्गा चेट’ प्रदर्शनको चौथो हप्तामा प्रवेस गरेको छ । कार्तिक १६ बाट नै प्रदर्शनमा आएको अर्को नेपाली फिल्म मालिका, भारतीय फिल्म ठग्स अफ हिन्दुस्तान साथै त्यसपछी प्रदर्शनमा आएका अन्य फिल्मलाई दर्शक पाउन हम्मे हम्मे परेको अवस्थामा फिल्म चङ्गा चेटले चौथो हप्ता सम्म पनि दर्शकको माया पाउन सफल भएको छ । प्रदर्शनको चौथो हप्तामा समेत सो हाउसफुल रहेको निर्देशक दिपेन्द्र के खनालले बताएका छन् ।
दिपेन्द्र के खनालको निर्देशन रहेको फिल्मलाई माधव वाग्ले र शर्मिला पाण्डेले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सुरक्षा पन्त, रविन्द्र झा, सन्दिप क्षेत्री, परमिता आरएल राणा लगायतको अभिनय रहेको छ भने निश्चल बस्नेत, बेनिशा हमाल र रीचा शर्मा अतिथि भुमिकामा छन् । प्रदीप भारद्वाजको पटकथा तथा संवाद, अर्जुन पोखरेलसँगै राजनराज सिवाकोटीको संगीत, सुर्य थोकरको द्वन्द, निरक कँडेलको छायांकन रहेको फिल्म दीर्घ खड्काको सम्पादन गरेका हुन् ।

यस्तो छ ‘पशुपति प्रसाद २ः भष्मे डन’मा सौगातको लुक्स

इलामबाट उप–निर्वाचन लड्दै एलिजा गौतम

दिवाकरले सुरु गरे ‘मायावी’को छायाकंन

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया