सोनाको खुल्लापन (भिडियो)

सोना अमात्यको गीत ‘म त खुल्ला छु’ सार्वजनिक भएको छ । गीतमा आनन्द अधिकारीको शब्द रचना तथा शिखर प्रसाईको संगीत रहेको छ ।

म्युजिक भिडियो विबेकसिंह ठकुरीले निर्देशन गरेका छन् । भिडियोमा सोना आफै फिचर्ड छिन् । भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन तथा विकास ज्ञवालीको सम्पादन रहेको छ । नारीप्रधान गीतमा सोनाले महिला शसक्तिकरणको कुरा गरेकी छन् ।