‘गरुड पुराण’ फस्टलुक पोष्टर सार्वजनिक

सुवास कोइराला निर्देशित फिल्म ‘गरुड पुराण’ को फस्ट लुक पोष्टर सार्वजनिक भएको छ पोस्टर संगै फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । फिल्म माघ ४ गतेबाट प्रदर्शनमा आउने भएको छ । फिल्मको पोष्टरमा नाजिर हुसेनलाई  ब्यान्ड मास्टरको रुपमा देखाइएको छ । साथै अन्य कलाकारहरु कर्मा शाक्य, प्रविण खतिवडा, कामेश्वर चौरसिया, प्रियंका सिंह ठकुरी पोस्टरमा समेटिएका छन् ।

आकाश बराल, बिनोद खतिवडा र निर्देशक सुवासले लेखेको फिल्मको कथा कशम नेपालको हो । अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको फिल्ममा लुमिना तुलाधर, बसन्ध भट्ट, प्रकाश घिमिरे, कमल देवकोटा, सरोज श्रेष्ठ लगायतको समेत अभिनय रहेको छ । रेनेशा बान्तवा राईको कोरियोग्राफी रहेको फिल्ममा कोशिश क्षेत्रीको संगीत, कोशिश र मनिषा पोखरेलको गायन, सुशन प्रजापतिको छायांकन, उज्ज्वल ढकालको सम्पादन रहेको छ ।