प्रियंका र आयुष्मान अब सपना र सागर

फिल्म ‘प्रेमदिवस’ मा नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्की को रियल जोडी लाइ देख्न पाइने छ । फिल्म कथा काठमाण्डु र चंगाचेटमा एकै साथ देखिएका यी दुईको तेस्रो फिल्म छायांकनको क्रममा छ ।

फिल्मको क्यारेक्टरको बारेमा नायिका कार्कीले फस्टलुक भन्दै आफ्नो र आयुष्मानको तस्विर र क्यारेक्टरको नाम सार्वजनिक गरेकी छन् । फिल्ममा प्रियंका ‘सपना’को भूमिकामा देखिदैछिन् भने आयुष्मान ‘सागर’को भूमिकामा आउदैछन् । फिल्मलाई योगेश घिमिरेले निर्देशन गरिरहेका छन् । यस फिल्मका निर्माता संजय न्यौपाने हुन् । फिल्म चैतको दोश्रो साता रिलिज गर्ने निर्माणपक्षको योजना रहेको छ ।