वर्षा र पल सहित ‘वीरविक्रम २’ टिम जोमसोममा

मिलन चाम्सको निर्माण तथा निर्देशन रहने फिल्म ‘वीरविक्रम २’ फ्लोरमा गएको छ । फिल्मका कलाकार तथा टिमलाई लिएर निर्माण टिम जोमसोम पुगेको छ । फिल्मका निर्देशक मिलन चाम्स, नायक पल शाह, नायिका बर्षा शिवाकोटी, कोरियोग्राफर कविराज गहतराज लगायत जोमसोम पुगेका हुन् ।

४० दिनमा छायांकन सकिने अनुमान गरिएकोमा हिमाली भेगका सिन तथा गीत सकेरा निर्माण टिम काठमाडौं फर्कने छ । बाकि छायांकन काठमाण्डौमा हुने छ । वीरविक्रमको सिक्वेल ‘वीरविक्रम २’ मा पुराना कलाकार दयाहांग राई र नाजिर हुसेन भने यथावत रहने छन् ।