‘मिस्टर युनिभर्सल एम्बेस्डर २०१८’ मा नेपालका सुसन महर्जन

भारतमा आयोजना हुने पुरुषहरुको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस्टर युनिभर्सल एम्बेस्डर २०१८’ मा नेपालको तर्फबाट सुसन महर्जनले प्रतिनिधित्व गर्ने भएका छन् । उक्त प्रतियोगीतामा सहभागी हुन महर्जन आइतबार बिहान नेपालबाट उडेका हुन् । १८ देखि २४ नोभेम्बरसम्म चल्ने प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्ने उनी एक मात्र सहभागी हुन् ।

२८ देशको सहभागीता रहने इण्डीया एक्युजिट पिजेन्ट आयोजक रहेको प्रतियोगीतामा महर्जनले नेपाली कलासंस्कृति झाकाउने बिभिन्न पोसाक प्रस्तुत गर्नेछन् । ‘मिस्टर युनिभर्सल एम्बेसडर’ लाई आईएमपी अर्गनाइजेसन, इण्डोनेशियाले प्रस्तुत गरेको हो । सुसन महर्जन ‘मिस्टर नेपाल वल्र्ड २०१८’मा ‘मिस्टर नेपाल युनिभर्सल एम्बेसडर’ बिजेता हुन् ।

‘मिस्टर युनिभर्सल एम्बेसडर’को उपाधि नेपाल भित्र्याउने लक्ष्य आफ्नो रहेको महर्जनले बताए । उनले थपे,’ कलासंस्कृतीको माध्यमबाट नेपाललाई पनि अन्तराष्ट्रिय क्षेत्रमा चिनाउने छु ।’