योजनाको ‘औंठी खसेछ’

गायिका योजना पुरीको एल्बम योजनाको दोस्रो गीत ‘औंठी खसेछ’ को भिडियो सार्वजनिक भएको छ । विशाल राईको शब्द, संगीतमा रहेको पुरानो पुर्वेली लोकभाकालाई गायिका योजना पुरीले नयाँपन दिएकी छन् ।

म्युजिक भिडियो ‘भद्रगोल’ का काकु अर्थात दीपक आचार्यले निर्देशन गरेका हुन् । गीतमा भद्रगोलका सीते बा र चन्द्रमुखीको रमाइलो प्रेमलाई प्रस्तुत गरिएको छ । यसका साथै करिश्मा ढकाल र बिकाश लामिछानेको अभिनय रहेका छन् । सुमनसागरजंग केसीको कोरियोग्राफी रहेको गीतमा उदयराज पौडेलको संगीत रहेको छ । भिडियोलाई सुरेश राउतले सम्पादन गरेका हुन्।