‘दि कर्मा’ अब माघ ४ मा

मंसिर ७ गते रिलीज हुने भनिएको नेपाली फिल्म ‘दि कर्मा’ को प्रदर्शन मिति परिवर्तन भएको छ । अब फिल्म माघ ४ बाट प्रदर्शनमा आउने भएको छ । फिल्म निर्माता जयराज रायका अनुसार बिशेष कारणवश फिल्मको प्रदर्शन मिति सारिएको हो ।

फिल्ममा नीता ढुंगाना, करण वर्मा, परमिता आर एल राणा, वुद्दि तामाङ, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतका कलाकारहरुको अभिनय रहेको छ । जय रायको लगानीमा बनेको फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा रामेश्वर कार्कीको छायांकन, अष्ट महर्जनको एक्सन छ ।