संचितालाई हेर्न १२ जना दर्शक ?

शुक्रबार त हलमा आफ्नो मनपर्ने कलाकारलाई हेर्न पनि दर्शकको उपस्थिती ठिक ठाकै हुन्छ । किनकी, शुक्रबार र शनिबार कलाकारलाई नै हेर्न दर्शक आउँछन् । भित्तामा टाँसिएका पोष्टर हेरेर पनि दर्शकको सानै भिड कलाकारलाई हेर्न आउनुपर्ने हो ।

तर, शुक्रबारदेखि रिलिज भएको फिल्म गुनगुनको शुक्रबारको दर्शक उपस्थिती हेर्दा उदेक लाग्दैन होला र ? अरु कोही कलाकारलाई दर्शकले नचिनेपनि यो फिल्मकी मुख्य अभिनेत्री संचिता लुइटेललाई त दर्शकले चिनेका होलान् । संचितालाई मन पराउने दर्शक मध्ये केही आएतापनि हलमा दर्शक देखिनुपर्ने हो । तर, राजधानीको अष्टनारायण हलमा यो फिल्म हेर्न एक शोमा १२ जना मात्र दर्शक भएको यसका संचालकले नै बताएका छन् ।

दर्शक नभएर शनिबार फिल्म हटाइयो वा किन त्यो त निर्माता र हल मालिक मिलेर मिलाउलान् । तर, १२ जना दर्शक त्यो पनि रिलिज भएको दिन । संचितालाई पोष्टरमा हेरेर पनि यो भन्दा धेरै दर्शक आउनुपर्ने हो । तर, अभिनेत्री संचिताको क्रेज यतिसम्म गुमेको हो र ? उनलाई हेर्न जम्मा १२ जना दर्शक हलमा आएका छन् । संचिताजीले अब त सोच्नुपर्ने बेला भएछ ।