आफू नछाड्ने ऋचाले अरुलाई किन कराउनु ?

तपाइले फिल्म चंगाचेट हेर्नुभयो कि छैन ? हेर्नुभयो भने तपाइले फिल्ममा अभिनेत्री ऋचा शर्मालाई पनि देख्नुहुनेछ । यो फिल्मको हिरोइन ऋचा होइनन् ।

फिल्म हेर्दै गर्दा दर्शकले ऋचालाई छक्का पन्जाको बिषयमा गरेको एउटा कमेन्ट याद गर्नेछन् । यो फिल्म हेर्दै गर्दा सुरुदेखि नै महिलालाई पिट्न पाउनुपर्छ भनेको सुनेर आफूलाई असह्य पीडा भएको भन्दै ऋचाले दर्शक हाँसेको देखेर आफू अचम्मित नै भएको बताएकी थिइन् ।

अब, चंगाचेटको दृश्यको कुरा गरौ । यो फिल्ममा ऋचा प्रहरी अफिसर्सको श्रीमतीको भुमिकामा छिन् । आफ्नो श्रीमानले समय नदिदा उनी पैसा तिरेर पर पुरुषसँग रात बिताइरहेकी छिन् । श्रीमानले समय दिन नसकेर पर पुरुषसँग समय बिताउने महिलाको भूमिका गर्दा ऋचालाई असह्य पीडा भयो कि भएन होला ?

कोहलपुर एक्सप्रेसमा पनि ऋचाले पैसाका लागि डान्सबारमा नृत्य गर्ने र केही पुरुषसँग सम्बन्ध गाँस्ने यूवतीको भूमिकामा काम गरेकी थिइन् । अरुलाई भन्न सजिलो छ, आफूलाई गर्न गाह्रो छ भनेको ऋचाले बल्ल वुझिन् होला है ?