अभिनेता बिपिन कार्की सवारी दुर्घटनामा

अभिनेता विपिन कार्की सवारी दुर्घटनामा परेका छन् । फिल्म ‘जात्रै जात्रा’को छायांकन स्थलमा जाने क्रममा कार्की आज बिहान कलंकीमा दुर्घटनामा परेका हुन् । कलंकीमा विपिन चढेको मोटरसाइकललाई अर्को मोटरसाइकलले ठक्कर दिएर फरार भएको हो ।

विपिनको खुट्टामा गम्भीर चोट लागेका र खुट्टाको अपरेसन गर्नुपर्ने भएको विपिनको पारिवारिक श्रोतले बताएको छ । उनको बल्खु स्थित बयोधा हस्पिटलको आइसीउमा राखेर उपचार भइरहेको छ । निर्देशक प्रदिप भट्टराइका अनुसार,’बिहान एक्सरे गर्दा खुट्टा भाँचिएको देखिएको छ । हाल उहाँको उपचार भैरहेको छ । उहाँलाई ठक्कर दिने मोटरसाइकल चालक फरार छन् । हामि सिसि टिभी फुटेज हेर्नका लागि जाँदै छौँ ।’ विपिन दुर्घटनामा परेसंगै फिल्मको छायांकन प्रभावित बनेको छ ।