लिटल आइकन २०१८ बनिन् सेरियन बेगम

एएनपी मिडिया हाउसले आयोजना गरेको राष्ट्रिय नाच घर जमलमा सम्पन्न लिटल आइकन २०१८ सिजन  ७ को बिजेता बन्न सफल भएकी छिन्, काठमाडौँ बानियाटर निबासी १० बर्षीय सेरियन बेगम । उनले बिजेताको ताज संगै मस्ट पपुलर तथा मस्ट याक्टिभको समेत टाईटल जित्न सफल भएकी हुन्  । निर्णायक मण्डलको अन्तिम प्रश्नलाई उत्कृष्ट ढंगले उत्तर दिदै तथा मनमोहक प्रस्तुतिको साथमा उनले उक्त बिजेताको ताज पहिरहन सफल भइन् ।

लाली गुराँस नेस्नल एकेडेमीमा ४ कक्षामा अध्यनरत छात्रा सेरियन बेगम बिद्यालयमा समेत राम्रो बिद्यार्थीको रुपमा चिनिन्छिन् । तेज दिमाग भएकी सेरियन बेगम पढाइ संगै अन्य आन्तरिक क्रियाकलापमा समेत उत्तिकै उत्कृष्ट रहेको उनका समाजसेवी बुबा समिर खानले बताए । काठमाडौँको टोखा नगरपालिका  बानियाटरको स्थायी बासिन्दा लिटल आइकन  सेरियन बेगम भविष्यमा चर्चित मोडल नायिका तथा समाजसेवी बन्ने चाहना लिएकी छन् ।