दीपालाई देखाएर दिपकको राष्ट्रपतिलाई ब्यङ्ग्य

तस्बिरमा अष्ट्रेलियामा रहेकी निर्देशक दीपाश्री निरौला एउटा सेतो रंगको गाडी अघि उभिएकी छिन् । दीपाको गाडीसहितको फोटो खिच्दै निर्माता दीपकराज गिरीले लेखे–‘केही महिलाहरु साह्रै जिद्दि हुँदैछन् आजकल । उहाँलाई पनि यो गाडी नभै भएन रे ।’

दीपकले अष्ट्रेलियामा रहेकी दीपालाई देखाउँदै राष्ट्रपति विद्यादेवी भण्डारीमाथि ब्यङ्ग्य कसे । किनकी, अहिले राष्ट्रपतिका लागि १८ करोडको गाडी किन्न लागिएको खबर भाइरल छ ।

तर, दीपकले यसपटक राष्ट्रपतिका लागि सिधै भन्न सकेनन् । यसैले उनले दीपालाई देखाएर केही महिला भन्न भ्याए ।

फेसबुकमा गरेको ब्यङ्ग्यमा दीपकलाई गाली र ताली दुबै आउँछ । यही भएर पनि गालीबाट बच्नका लागि उनले दीपालाई देखाएर राष्ट्रपतिमाथि ब्यङ्ग्य कसेका हुन् ।

तर, दीपाश्रीले जिद्दी गरेको कुरा दीपकले कत्तीको पुरा गरिदिएका छन् होला, यो त उनलाई नै सोध्न पर्छ ।