घर नबनाई बिहे गर्दिन – गायक सुरज थापा

नेपाली संगीतको क्षेत्रमा केही गर्छु भन्ने अभिलाषा बोकेर काठमाडौं आउँदा गायक सुरज थापालाई आजको दिनमा यो चर्चा पाउँछु भन्ने हेक्का थिएन । संगीतमा लागेर उनले निकै उतार अढावहरु देखेका छन् । संगीत मै लागेर उनले आफ्नो घर बनाउने सपना बुनेका छन् । घर नबनाई बिहे गर्दिन भनेर बसेका छन् उनी ।

संगीतलाई नै आफ्नो कर्म अनी धर्म मानेका सुरज पहिलो नेपाल आइडलमा सहभागी भएर उत्कृष्ट ८ सम्म पुगेका थिए । उनले सो प्रतियोगितामा गाएको झलकामना गन्धर्वको गीत ‘हे बरै…आमैले सोध्लिन् नि’ निकै चर्चित बनेको थियो । उक्त गीतको चर्चाले सुरज भनेर चिनाएको स्मरण सुरजसँग छ । तर जसै सो कार्यक्रमको चर्चा सेलाउँदै गयो र दोश्रो सिजन सुरु भयो तब उनको चर्चा सेलाएको अनुभव पनि उनीसँग छ । चर्चा सेलाउनुमा आफु र आफ्नो आर्थिक अवस्था कारक रहेको बताउने सुरज थापासँग गरिएको कुराकानी भिडियोमा हेर्नुहोस् :