‘छक्का पन्जा ३’ र ‘जय भोले’ ५१औ दिन नजिक

Mero Film

दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पन्जा ३’ प्रदर्शनीको सातौँ हप्तामा प्रवेस गरेको छ । त्यस्तै अशोक शर्मा निर्देशित ‘जय भोले’ छैटौं हप्तामा प्रवेश गरेको छ । २०७५ सालमा नेपाली फिल्मले खासै राम्रो ब्यापार गर्न नसकेको अवस्थामा यी दुई फिल्मले दर्शकको मन जित्न सफल भएका छन् ।

सामजिक संजालमा स्ट्याटस पोस्ट गर्दै छक्का पन्जा सिरिजका ‘राजा’ दीपक राज गिरीले दर्शकलाई सम्झिएका छन् । उनी लेख्छन्,‘आज देखि सातौ हप्तामा प्रबेश….. छक्का पन्जा ३ हामी ५१ दिनको नजिकै छौ यो एतिहासिक सफलता हामी हाम्रा प्यारा दर्शक लाइ समर्पित गर्दछौ….. !!!!’

त्यस्तै फिल्म जय भोले निर्देशक अशोक शर्मा छैटौं हप्ता प्रवशको अवसरमा लेख्छन्, जय भोलेलाई माया र साथ दिनुहुने सम्पूर्ण दर्शकहरुलाई धेरै धेरै धन्यवाद । यहाहरुको साथले जय भोलेआज बाट छैंठौ हप्तामा प्रदर्शन भईरहेको छ, साथै तपाई नजिकैका सिनेमा घरमा गएर जय भोलेहेर्न सक्नुहुन्छ । जय भोले, जय दर्शक ।’

असोज ३० गते फुलपातीको दिनबाट प्रदर्शनमा आएको कमेडी जनराको मल्टिस्टारर फिल्म ‘जय भोले’ मा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, बुद्धी तामाङ्, सलोन बस्नेत, अशोक शर्मा, राजाराम पौडेल, बसुन्धरा भुसाल, लक्ष्मी गिरी, जय नन्द लामा, सुर्बिर पण्डित, सार्दा गिरी, रामचन्द्र अधिकारि, किशोर भण्डारी, सुरेन्द्र के.सी लगायतका कलाकारहरुको अभिनय रहेको छ । एए ग्रुप अफ कम्पनिजको प्रस्तुती रहेको जय भोलेलाई किरन शर्मा, कृति शर्मा, अन्कित शर्मा लगायतले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा बसन्त श्रेष्ठको कोरियोग्राफी, राजन राज सिवाकोटीको संगीत, वान नेपाल स्टन्ट टिमको द्वन्द, राजु ढुंगानाको सम्पादन र पुरुषोत्तम प्रधानको छायाङ्कन रहेको छ । फिल्ममा कथा खगेन्द्र लामिछानेको रहेको छ ।

दशैँलाई लक्षित गर्दै घटस्थापनाको दिनबाट प्रदर्शनमा आएको फिल्मले नेपाल तथा विदेशमा राम्रो ब्यापार गरिरहेको छ । दीपाश्री निरौलाले निर्देशित ‘छक्का पन्जा ३’मा दीपकराज गिरी, दीपिका प्रसाईं, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, संजोग कोइराला, शिवहरी पौडेल लगायतको अभिनय रहेको छ । जीतु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको फिल्ममा सुमन गिरी ‘भान्जा’, किरण केसी, शिवहरी पौडेल, पुरुषोत्तम प्रधान, ताराचन्द्र बजगाई, दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माताको रुपमा रहेका छन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन तथा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।


Leave a Reply

Your email address will not be published.