कपिल शर्माको विवाह डिसेम्बरमा, को हुन् बेहुली?

कमेडियन कपिल शर्माले आउँदो १२ डिसेम्बरमा विवाह गर्ने भएका छन् । कपिलले गर्लफ्रेन्ड गिन्नी चतरथसँग जालान्धरमा विवाह गर्न लागेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ । विवाहको दिन कपिल शर्मा आफ्नो बहिनीको घरमा जागरण राख्ने छन् । त्यसको भोलिपल्ट गिन्नीको घर जालान्धरमा संगीत तथा मेहेन्दी उत्सव हुनेछ ।

यस्तै २४ डिसेम्बरमा कपिलले विवाहको पार्टी आयोजना गर्नेछन्। उक्त क्रममा विशेष पाहुना, आफन्त र साथीभाईसँग पनि भेटघाटको योजना कपिलले बनाएका छन्। गर्लफ्रेन्डसँग विवाहपछि के खुसी हुनुहुन्छ भन्ने प्रश्नमा कपिलले भनेका छन्, ‘ म धेरै खुसी छु । तर यसभन्दा पनि धेरै खुसी मलाई आफ्नो आमाको मुख हेरेर खुसी लाग्छ ।’